जेनजी आन्दोलनमा विदेशी प्रभावको आशङ्का : निष्पक्ष छानबिनको माग
सारांश
- बाजुराका धर्मराज तिमिल्सीनाले जेनजी आन्दोलनमा विदेशी प्रभावको आशङ्का गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए।
- उनले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले राष्ट्रिय सुरक्षामा असर पारेको भन्दै निष्पक्ष छानबिनको माग गरे।
- तिमिल्सीनाले सामाजिक सञ्जालमा भ्रामक प्रचार र विदेशी गतिविधि देखिएको र हिंसामा संलग्नलाई कारबाहीको माग गरेका छन्।
काठमाडौँ । बाजुराका धर्मराज तिमिल्सीनाले जेनजी आन्दोलनमा विदेशी प्रभाव परेको आशङ्का व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उनले आइतबार सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलमार्फत प्रधानमन्त्रीलाई उक्त पत्र बुझाएका हुन्।
तिमिल्सीनाले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र नागरिक आतङ्कले राष्ट्रिय सुरक्षामाथि गम्भीर असर पारेको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत भ्रामक प्रचारप्रसार र विदेशी प्रयोजनका गतिविधि देखिएका छन्, जसले नेपालको शान्ति र सार्वभौमिकतामाथि प्रश्न उठाएको छ।
उनले केही व्यक्ति र संस्थाहरूले आन्दोलनलाई हिंसात्मक दिशातर्फ उक्साएको र राज्यविरुद्ध वातावरण सिर्जना गरेको शङ्का पनि व्यक्त गरेका छन्।
तिमिल्सीनाले प्रधानमन्त्रीलाई यस्तो आरोपको सत्यता पत्ता लगाउन स्वतन्त्र छानबिन समिति गठन गर्न आग्रह गरेका छन्। साथै, उनले सरकारसँग हिंसामा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन, गलत सूचना फैलाउनेहरूलाई नियन्त्रण गर्न र भ्रष्टाचारका फाइलहरू खोली जनतालाई पारदर्शी जानकारी दिन पनि माग गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण