सरकार संवादका लागि तयार छ, सडकमा प्रदर्शन नगरौँ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनकारी समूहलाई संवादमा आउन आग्रह गरेका छन्।
- सरकारले राजनीतिक मागहरू संवादमार्फत सम्बोधन गर्ने र सुरक्षा अवस्था सामान्य बनाउने बताएको छ।
- बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि गृहमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सो आग्रह गरेका हुन् । मन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट समेत पारे ।
‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँ कतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्री अर्यालले भने ।
बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री अर्यालसहित ४ वटै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाका विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण