मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘जेनजी प्रतिनिधिहरूमाथि सरकारले दमन गऱ्यो, अब चुप लाग्दैनौँ’

शनिबार, ०८ कात्तिक २०८२, १७ : ३१
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • जेन-जी प्रतिनिधिहरूले सरकारले प्रदर्शनकारीलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरे।
  • शनिबार माइतीघर मण्डलामा भेला भएका युवाहरूलाई पक्राउ गरेपछि उनीहरूले कडा कदम चाल्ने चेतावनी दिए।
  • जेन-जी प्रतिनिधिहरूले सरकारले उनीहरूको माग पूरा नगरेको र दमन गरेको आरोप लगाए।

काठमाडौं । जेन–जी प्रतिनिधिहरूले सरकारविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्। शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि 'जेन–जी' प्रतिनिधिहरू सरकारविरुद्ध खनिएका हुन्।

शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरूले 'जेन–जी' हरूलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरूलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए।

जेनजी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण रूपमा भेला भएका युवाहरूलाई सरकारले पक्राउ गरेकाले उनीहरूको तत्काल रिहाइ नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइन्। 'जेन–जी' ले बनाएको सरकारले उनीहरूको मागअनुसार काम गर्न नसकेको गुनासो पनि उनले गरिन्।

राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ, यही चेतावनी दिन चाहन्छौँ। थुनिएका साथीहरूको रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ।’

भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध लाग्न सबैलाई आह्वान गरे। उनले भने, ‘हामीलाई युनिफाइड (एकताबद्ध) पनि हुन नदिने, यो कस्तो सरकार हो? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने? अब अहँ हुँदैन। जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ। सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ।’

तामाङले जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको बताए। उनले आफ्ना माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप