असोजमा ३० हजार ५ सय विदेशी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण
सारांश
- अन्नपूर्ण क्षेत्रमा गत असोजमा ३० हजार ५ सय ४७ विदेशी पर्यटकले भ्रमण गरे।
- गत वर्षको तुलनामा यो वर्ष १८५ जना पर्यटक कम आएका छन्, तर कात्तिकमा वृद्धि हुने अनुमान छ।
- मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ, पदयात्रा र धार्मिक गन्तव्यमा पर्यटकको चाप छ।
गण्डकी । गत असोजमा ३० हजार ५ सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का अनुसार यसमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५ सय २८ पर्यटक रहेका छन्।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ जना पर्यटक कम आएका छन्। आर्थिक वर्ष २०८१/८२ को असोजमा ३० हजार ७ सय ३२ पर्यटक भित्रिएका थिए भने २०८०/८१ मा २८ हजार ७ सय ५ जना आएका थिए।
असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने भएकाले कात्तिकमा पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ। गत कात्तिकमा ३३ हजार ३ सय १० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।
तिहारलगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताए। यो याममा विदेशी पर्यटक पदयात्राका लागि आउने गर्छन् भने चाडपर्व र बिदाको समय पर्ने भएकाले आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको छ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, उपल्लो मुस्ताङ, घोरेपानी, पुनहिललगायत अन्नपूर्ण फेरोका गन्तव्यस्थलमा यस याममा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने गरेको छ। मुक्तिनाथसहितका धार्मिक गन्तव्यमा जाने भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण