गुल्मीमा ट्याक्टर दुर्घटना, सह‐चालकको मृत्यु
सारांश
- गुल्मीको मदाने गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा १९ वर्षीय सहचालकको मृत्यु भएको छ।
- बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गरेको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको अनुमान छ।
- दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको घटनास्थलमै मृत्यु भएको हो, भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुटवल । गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर दुर्घटनामा भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर दुर्घटनामा भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले ट्याक्टरबाट आम फाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको बताए ।
ट्याक्टर चालक गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण