'जेरी अन टप' क्यानडा पनि रिलिज हुने
सारांश
- फिल्म 'जेरी अन टप' अब क्यानडामा पनि प्रदर्शन हुने भएको छ, जसको प्रचार प्रचार नेपाल प्रालिले गर्नेछ।
- प्रचार नेपाल प्रालिले यसअघि क्यानडामा अन्य नेपाली फिल्महरू पनि प्रदर्शन गरिसकेको छ।
- 'जेरी अन टप' ले नेपालमा राम्रो व्यवसाय गरिरहेको छ र फिल्मले ६ करोडभन्दा बढी आम्दानी गरेको छ।
काठमाडौँ । नेपालमा ३१ असोजबाट प्रदर्शनमा आएको फिल्म 'जेरी अन टप' अब क्यानडामा पनि लाग्ने भएको छ । फिल्मको क्यानडा प्रदर्शन प्रचार नेपाल प्रालिले गर्न लागेको हो ।
केही समयदेखि क्यानडामा नेपाली फिल्म र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचार नेपाल प्रालिका सञ्चालक आशिष पुरी र फिल्मका निर्माता विवेक थापाले फिल्म प्रदर्शन विषयमा सम्झौता गरेका छन् । दर्शकको मागबमोजिम क्यानडाको फिल्म वितरण अधिकार किनिएको प्रचार नेपालका पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।
प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ फिल्म पनि प्रदर्शन गरेको थियो । प्रचार नेपालले नोभेम्बर १ बाट क्यानडाका मुख्य मुख्य सहरमा ‘जेरी अन टप’ प्रदर्शन हुने बताए ।
‘जेरी अन टप’ले नेपाल राम्रो व्यवसाय गरिरहेको छ । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मालगायतको अभिनय छ । फिल्मले ६ करोड बढी आम्दानी गरिसकेको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । बिकास बोडको बक्सअफिस प्रणालीमा समस्या आएको कारण फिल्मले आधिकारीक आम्दानी बाहिर आएको छैन ।
सुयोग गुरुङ निर्देशित फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतको समेत फिल्ममा अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण