ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै, शनिबार पनि क्लास सञ्चालन हुने
सारांश
- काठमाडौँ ट्राफिक प्रहरीले कात्तिक ११ गतेदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ। मापसे, तीव्र गति र ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कक्षा सञ्चालन हुनेछ। कक्षा रामशाहपथमा बिहान र दिउँसो विभिन्न समयमा सञ्चालन हुनेछ।
- सार्वजनिक बिदा बाहेक कक्षा सञ्चालन हुनेछ भने शनिबार विशेष कक्षा हुनेछ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ११ गतेदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।
उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा भौतिक रूपमा यो सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।
सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनहरूमा निम्न समय तालिकाअनुसार कक्षा सञ्चालन हुनेछन् :
- ०९:०० देखि १०:०० बजेसम्म
- १०:३० देखि ११:३० बजेसम्म
- १२:०० देखि १३:०० बजेसम्म
- १३:३० देखि १४:३० बजेसम्म
- १५:०० देखि १६:०० बजेसम्म
शुक्रबारको लागि विशेष समय: शुक्रबार भने १४:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । यसका साथै, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक शनिबार पनि कक्षा सञ्चालन हुनेछ ।
शनिबार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म दुईवटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सञ्चालन हुने जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण