बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

स्वास्थ्यकर्मीलाई हातपात गरेको कसुरमा खगेन्द्र सुनार साधारण तारेखमा, मुद्दा चालु

आइतबार, ०९ कात्तिक २०८२, १३ : ५७
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • सुर्खेत जिल्ला अदालतले दलित अधिकारकर्मी खगेन्द्र सुनारविरुद्ध जारी गरेको पक्राउ पुर्जी बेपत्ता भयो।
  • सुनारको ठेगाना फरक परेका कारण पक्राउ पुर्जी तामेल हुन नसकेको डीआईजीले बताए।
  • मन्त्रीको शपथ लिन लागेका सुनार फौजदारी मुद्दामा प्रतिवादी छन् र अदालतमा हाजिर भइसकेका छन्।

काठमाडौँ । दलित अधिकारकर्मी खगेन्द्र सुनार विरुद्ध सुर्खेत जिल्ला अदालतले २०८१ मंसिरमा जारी गरेको ३५ दिने पक्राउ पुर्जी ‘बेपत्ते’ भएर फर्केको भेटिएको छ । 

अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन पत्राचार गरेको थियो । 

अदालतले उनको ठेगाना दैलेखको नारायण नगरपालिका–२ भैसेखोर उल्लेख गरेको थियो । २०८१ पुस २२ मा ‘मान्छे नभेटिएको’ भन्ने व्यहोराको पत्र अदालतमा पठाइएको कर्णाली प्रदेशका डीआईजी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए ।

उनले भने, ‘ठेगाना फरक परेको रहेछ, त्यसै अनुसारको पत्र अदालतमा पठाइएको छ ।’ सुनारको घर हाल वडा नम्बर–५ मा हो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको थियो । 

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका मुद्दामा सुनार अदालतमा हाजिर भएर साधारण तारेखमा छुटेको भेटिएको छ । 

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार सुनार २०८१ चैत १२ मा अदालतमा हाजिर भएर छुटेका हुन् । उनले भने, ‘उहाँ हाजिर भएर साधारण तारेखमा छुट्नुभएको देखिन्छ ।’

अदालतको तारेखमा रहेका सुनाको मुद्दामा चालु अवस्थामा छ । सुनार विरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप