'दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्'
सारांश
- जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्रको भ्रष्टाचार छानबिनको माग गरिन्।
- उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको र दोषी देखिए पुष्पकमल दाहाललाई जेल हाल्नुपर्ने बताइन्।
- जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति लगायतका विभिन्न माग राखेको छ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।
जेनजी रेडफोर्सका एजेण्डा सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताएकी हुन् । छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाइ थियो ।
उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् ।
जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यक्तिहरुको सम्पत्ति छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने लगायतका माग अगाडि सारेको छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण