सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गरिने
काठमाडौँ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ ।
सरकारले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सोही मूल्यमा किसानको १ लाख ९० हजार क्विन्टल धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर धान खरिद गर्ने तयारी गरिएको छ । यसअनुसार देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गरी धान खरिद गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिने छ ।
साथै धान खरिदको भुक्तानी सोझै किसानको खातामा पठाउने जनाएको छ । यसअघि चेकमार्फत भुक्तानी हुने गरेको थियो ।
किसानले उक्त चेक साट्न बैंक धाउनुपर्ने बाध्यता भने हटेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ ।
आचार्यले भने ‘पोहोर साल धान लक्ष्यअनुसार खरिद गर्न सकेनौँ । यो वर्ष थोरै लक्ष्य राखेका छौँ । लक्ष्य पुरा भएपछि बजारमा धान पर्याप्त पाइएमा कोटा थप गर्छौँ ।’
अघिल्लो वर्ष खाद्यले १ लाख २० हजार क्विन्टल धान खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण