मदिरा सेवन गरेर सार्वजनिक सवारी चलाउने ७ जना चालक नियन्त्रणमा
आइतबार, ०९ कात्तिक २०८२, १८ : ४९
काठमाडौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले ७ जना सार्वजनिक सवारीका चालकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा चेकजाँच गर्दा ७ जना चालकले मापसे गरेको भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
पक्राउ पर्नेमा लामो दुरीका बसका चालक र माइक्रोबसका चालक छन् । ट्राफिक प्रहरीले उनीहरूको स्वास्थ्य परीक्षण गराएको छ ।
आरोपीहरूलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिए । ट्राफिक प्रहरीले आइतबार बाफल, कोटेश्वर र सातदोबाटोमा आकस्मिक चेकिङ गरेको थियो ।
सार्वजनिक सवारी चलाउँदा मापसे गरेको भेटिएमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण