एल क्लासिकोः 'घाइते बार्सिलोना'माथि रियल हाबी, एमबाप्पेको पहिलो जित
सारांश
- बार्सिलोना रियल मड्रिडसँग २-१ ले पराजित भयो, जसले गर्दा लिगमा ५ अंकले पछि परेको छ।
- एमबाप्पे र बेलिङ्घमको गोलले रियल मड्रिडलाई जित दिलायो, बार्सिलोनाका सेज्नीले केही बचाउ गरे।
- खेलमा पेड्री रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने एमबाप्पेको यो एल क्लासिकोमा पहिलो जित हो।
काठमाडौँ । बार्सिलोनाले आइतबार भएको ‘एल क्लासिको’ मा रियल मड्रिडसँग २–१ को हार बेहोरेको छ । हारसँगै ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिडभन्दा ऊ पाँच अंकले पछि परेको छ ।
किलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले घाइते खेलाडीहरूको अभावमा खेलिरहेको बार्सिलोनालाई स्तब्ध तुल्यायो । लमिन यमालले आइतबार राति खास प्रभाव देखाउन सकेनन् । घरेलु मैदान सेन्टियागो बेर्नाबाउमा मड्रिडले खेलको सुरुवातमै आक्रामक रूपमा खेल्दै अवसर बनायो । भिनिसियस जुनियरलाई लमिन यामालले पेनाल्टी बक्सभित्र रोक्दा रियलले पेनाल्टी पाएजस्तो देखिए पनि भीएआरले त्यसलाई मान्यता दिएन । केही समयमै एमबाप्पेले गोल गरेका थिए, तर भीआएरले त्यसलाई अलिकति अफसाइड मान्यो र गोलको मान्यता दिएन ।

अन्ततः एमबाप्पेले जुड बेलिङ्घमको शानदार पासमा उत्कृष्ट फिनिसिङसहित पहिलो गोल गरे । त्यसपछि बार्सिलोनाका गोलरक्षक वोज्चेक सेज्नीले एमबाप्पे र डिन हुयसेनका प्रयास रोक्दै उत्कृष्ट बचाउ गरे । ती बचाउहरूले बार्सिलोनालाई खेलमा टिकाइराख्यो र त्यसकै फाइदा उठाउँदै उनीहरूले बराबरी पनि गरे । तर अरदा ग्युलरले मड्रिडको पेनाल्टी क्षेत्रको किनारमा बल गुमाए र मार्कस रासफोर्डले पास दिएपछि फर्मिन लोपेजले सहजै गोल गरे ।
तर पहिलो हाफ सकिनुअघि नै मड्रिडले पुनः अग्रता लियो, इडर मिलिटाओको हेडरबाट आएको बललाई बेलिङ्घमले नजिकैबाट गोलमा परिणत गरे। दोस्रो हाफको सुरुवातमै मड्रिडले आफ्नो अग्रता बढाउने मौका पनि पायो, जब एरिक गार्सियाले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरे । तर सेज्नीले एमबाप्पेको पेनाल्टी किक बचाए र बार्सिलोनाको आशा जीवितै राखे ।

बार्सिलोनाले दोस्रो बराबरीका लागि निकै प्रयास गर्यो, तर बेन्चमा अनुभवी विकल्प नहुँदा उनीहरूले प्रभावकारी आक्रमण गर्न सकेनन् र थिबो कोर्टोइसलाई विशेष चुनौती दिन असफल भए । खेलको अन्त्यतिर उनीहरूको निराशा झनै बढ्यो जब अतिरिक्त समयमा पेड्रीले दोस्रो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुपर्यो । यद्यपि खेलको अन्त्यतिर सिर्जित तनावपूर्ण अवस्थामा रियलका एन्ड्री लुनिनले समेत रातो कार्ड बेहोर्नुपरेको थियो ।

एल क्लासिकोमा २६ वर्षीय एमबाप्पेको यो पहिलो जित हो । सन् २०२४ देखि मड्रिडमा आबद्ध फ्रान्सेली फरवार्डले मड्रिडका लागि ४४ खेल खेलिसकेका छन्, जहाँ उनले ४२ गोल गर्न सफल भएका छन् ।
यस हारसँगै बार्सिलोना शीर्षक दौडमा मड्रिडभन्दा पाँच अंकले पछि परेको छ भने मड्रिडले आफ्नो सशक्त लय कायम राख्दै ला लिगाको शीर्ष स्थान मजबुत बनाएको छ ।
मुख्य खेलाडीहरू चोटिग्रस्त बनेको बार्सिलोनाले लालिगामा आफ्नो ११ औं खेल इल्चेविरुद्ध नोभेम्बर २ मा खेल्दै छ, जहाँ अब पेड्री पनि हुने छैनन् । मड्रिडले पनि लालिगाअन्तर्गत आगामी खेल नोभेम्बर २ मै भ्यालेन्सियाविरुद्ध खेल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण