झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल
सारांश
- झापामा रगतको अभाव भएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ।
- चाडपर्व र विपद्का कारण रगतको अभाव भएको र दैनिक एक सय पिन्ट रगत आवश्यक रहेको जनाइएको छ।
- १८ वर्षमाथिका व्यक्तिलाई नजिकैको रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न आग्रह गरिएको छ।
झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका ६ वटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको बताए ।
‘रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको छ । अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै छ । त्यसैले रगत दानका लागि सबैलाई आग्रह छ’, उनले भने ।
अध्यक्ष ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा र विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको बताए । उनले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दानका लागि आग्रह गरे ।
अध्यक्ष ढकालले भने, ‘रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौँ र बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई–तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौँ । हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर छ । त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैँ सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह छ ।’
उनले ‘जेनजी’ प्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौँ पठाएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण