‘महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई नियमित महाधिवेशनमा जोड्छौँ’
सारांश
- कार्यवाहक सभापति खड्काले बहुमत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई नियमित महाधिवेशनमा जोड्ने बताए।
- उनले पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्न र एकता कायम गर्न चालु केन्द्रीय समिति बैठकबाट निर्णय लिने बताए।
- खड्काले जेनजी आन्दोलनमा घुसपैठ भएको र त्यसले मुलुकलाई ठुलो क्षति पुर्याएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बहुमत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई नियमित महाधिवेशनमा जोड्ने बताएका छन् । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यवाहक सभापति खड्काले अब विशेष महाधिवेशन नभई नियमित महाधिवेशन हुने बताएका हुन् ।
‘पार्टीको विधानअनुसार हामीले नियमित महाधिवेशन गर्छौँ । विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी चालु केन्द्रीय समिति बैठकबाट एकताबद्ध रूपमा निर्णय गछौँ,’ खड्काले भने– ‘चालु केन्द्रीय समितिले पार्टीभित्रका आन्तरिक समस्या एकताबद्ध भएर घोषित निर्वाचन, पार्टी महाधिवेशन, भ्रातृसंस्थाका चालु अधिवेशनबारे निर्णय गछौँ । पार्टीलाई खरानीको जगबाट उठाएर प्रतिकुलतालाई अनुकूलतामा बदल्नका लागि निर्णय गर्छौँ ।’
उनले केन्द्रीय समितिले गत भदौ मुलुक २४ गतेको अवस्थामा पुग्न कहाँ कहाँ के–के कारक बने भन्ने विषयमा पनि बैठकले निर्णय लिने बताए । झिना मसिना कुरालाई बिर्सेर एकताको भावबाट चालु केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने खड्काको भनाइ थियो ।
केन्द्रीय समितिबाट जे निर्णय भए पनि सर्वसम्मत निर्णय हुने खड्काले बताए । नेपाल इतिहासकै सबै कालखण्डमा प्रतिकूल अवस्थामा उभिएको, कांग्रेस अत्यन्तै प्रतिकुल अवस्थामा उभिएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भको रूपमा रहेको संविधान मासिने अवस्थामा रहेको बताउँदै खड्काले त्यसलाई सुधार गर्न कांग्रेसले मियोको रूपमा काम गर्ने बताए ।
जेनजी आन्दोलन पवित्र उद्देश्यले भएको बताउँदै घुसपैठ भएकाले मुलुकले ठुलो क्षति व्यहोर्नु परेको खड्काले बताए । ‘जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य, सुशासन प्रत्याभूति र बन्द सामाजिक सञ्जाल खुलाउने पवित्र उद्देश्यले भएको थियो,’ खड्काले भने, ‘जेनजी युवाहरूको आन्दोलनमा उनीहरूकै भनाइमा घुसपैठ हुन पुग्यो र मुलुकले ध्वंस व्यहोर्नुपर्यो ।’
नेपालमा पहिलो पटक कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खरानी बनाइएको खड्काको भनाइ थियो । जेनजी अगुवाहरूकै भनाइमा जेनजी आन्दोलनलाई अत्यन्तै ठुलो ग्राण्ड डिजाइनमार्फत उनीहरूकै भाषामा हाई ज्याक गरेर प्रतिकुल बनाइएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतल निवासको आँगनमा बसेर अत्यन्तै जिम्मेवारीपूर्वक संविधान रक्षा गरेको बताए । प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन गरिएको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण