स्वागत नेपालसँग प्रहरीले गर्यो सोधपुछ
सोमबार, १० कात्तिक २०८२, १५ : ३७
काठमाडौँ । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् ।
अधिवक्ता नेपालसँग सोधपुछ गरिएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
एक भिडियो अन्तर्वार्तामा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीको नियुक्ती गैरकानुनी भएको र उनी नैतिकताको आधारमा पदम बस्न नमिल्ने दाबी गरेका छन् ।
सोमबार छठको बिदा परेको हुनाले नेपालसँग मंगलबार फेरी सोधपुछ गरिने प्रवक्ता अवस्थीले बताए । उनले भने, ‘सोधपुछ सकिएको छैन्, मंगलबार फेरी बोलाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण