गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बुधबार बिहानसम्म वर्षा र हिमपात हुने
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
- पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
- महाशाखाले वर्षा र हिमपातबाट जनजीवन, कृषि, र पर्यटन क्षेत्रमा पर्न सक्ने असरप्रति सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ । त्यसैगरी, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ जसले गर्दा देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार बिहीबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
वर्षा र हिमपात हुने क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ। साथै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण