महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गरेको फुटेजको आधारमा थप २ जना पक्राउ
सारांश
- महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अलिष श्रेष्ठ र सौरभ तामाङ रहेका छन्, उनीहरूले प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेका थिए।
- यसअघि पक्राउ परेका ५ जना र अन्य ४ जनालाई पनि प्रहरी हत्या आरोपमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भएर सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएर मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ छन् ।
आरोपीहरूले जवान उत्तम थापालाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आन्दोलनकारीको कुटपिटबाट प्रहरी जवान थापाको मृत्यु भएको थियो ।
सोमबार पक्राउ परेका दुवै जना आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएर थप अनुसन्धान थालिएको छ । भदौ २४ मा उनीहरुले जवानलाई कुटपिट गरेको र प्रहरी वृत्त महाराजगन्जमा तोडफोड तथा आगजनी गरेको भिडियो फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी हत्यामा संलग्न आरोपमा यसअघि पक्राउ परेका ५ जना काठमाडौँ प्रहरीको हिरासतमा छन् । थुनामा हुनेहरूमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर छन् ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम बिकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका श्रम संहिताको सफलता वा असफलता राज्यहरूमा निर्भर
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण