ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्न सकिँदैन : पोखरेल
सारांश
- एमाले नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको मुद्दामा छानबिन गर्न सरकारलाई चुनौती दिए।
- उनले एमाले नेताहरूको सम्पत्ति छानबिनका लागि तयार रहेको र सुनको जलहरी प्रकरण गलत साबित भएको दाबी गरे।
- पोखरेलले निष्पक्ष निर्वाचनको वातावरण नभएको र माओवादी नेताहरू काण्डमा मुछिएको आरोप लगाए।
काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएका भए छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेका नेताहरूमाथि लाग्ने गरेको गिरीबन्धुदेखि ओम्नीसम्म सबै आरोपको छानबिन गर्न आग्रह गरेका हुन्।
पोखरेलले एमाले आफ्ना नेताहरूको सम्पत्ति छानबिनका लागि पनि तयार रहेको स्पष्ट पारे। उनले पशुपतिमा सुनको जलहरीमा पित्तल राखेको भन्ने आरोप छानबिनपछि गलत साबित भएको दाबी पनि गरे। ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने अहिले त हामी सरकारमा छैनौँ, छानबिन होस्,’ उनले भने।
नेता पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए। उनले सबैभन्दा बढी पपुलर मत पाएका नेता केपी शर्मा ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने बताए।
‘अहिले यो सरकारको टीओआर भनेको निर्वाचन हो। निर्वाचनको कुरा गर्ने अनि देशको सबैभन्दा पपुलर मत पाएको नेतालाई नै स्थान हद गर्ने। के कारण हो?’ उनले प्रश्न गरे, ’पार्टी अध्यक्ष नै स्थान हद भएपछि त्यो पार्टीका चुनावी कार्यक्रमहरू कसरी हुन सक्छ? निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास कसरी बन्छ?’
आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता कुनै पनि नेपालीले ढुक्क भएर भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। यदि त्यो वातावरण बन्छ भने एमाले निर्वाचनबाट नभाग्ने उनले बताए।
पोखरेलले आफूले तत्कालीन अवस्थामा ओलीले संसद् विघटन गर्दा पनि विपक्षमा रिट हालेको बताए। उनले संसद् सदस्यसमेत नभएको व्यक्ति प्रधानमन्त्री बनेर संसद् विघटन गर्ने कुरा संविधानसम्मत नरहेको जिकिर गरे। उनले यो असंवैधानिक कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्ने विश्वास व्यक्त गरे।
उनले माओवादी केन्द्रका नेताहरू कुनै न कुनै काण्डमा मुछिइरहेको बेलामा एमालेका कुनै पनि नेताहरूमाथि अख्तियारले मुद्दा अभियोजन गर्न नसकेको दाबी गरे।
पोखरेलले अहिलेको परिस्थितिको अन्त्य गर्ने सार्वभौम थलो संसद्बाहेक अर्को हुन नसक्ने बताए। उनले २०६३ मा माओवादीलाई संसद्मा समावेश गराएजसरी नै जेनजी पुस्तालाई समावेश गराएर सबै समस्याको निकास निकाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण