प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन ठगी आरोपमा पक्राउ
सारांश
- प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात र राष्ट्र बैंक ऐन अन्तर्गत सीआईबीले पक्राउ गरेको छ।
- भट्टचनलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको हो, उनीमाथि ३ दर्जनभन्दा बढी सहकारीको रकम फिर्ता नगरेको आरोप छ।
- प्रभु मनि ट्रान्सफरले सहकारीमार्फत भुक्तानी गरे पनि रकम फिर्ता नगरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सांसद देवी प्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको छ।
ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा दायर मुद्दामा अनुसन्धान गर्दै आएको सीआईबीले भट्टचनलाई कात्तिक ११ गते मंगलबार (आज) ललितपुरको गोदावरी नगरपालिका–३, टौकेलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको हाे।
सीआईबीका अनुसार, प्रभु मनि ट्रान्सफरले नेपाल राष्ट्र बैङ्कबाट रेमिट कारोबारको लाइसेन्स लिएर प्रभु म्यानेजमेन्टलाई ‘सुपर एजेन्ट’ को रूपमा नियुक्त गरेको थियो। तर, सो सम्झौताका आधारमा विभिन्न सहकारीमार्फत भुक्तानी भइरहे पनि ती रकम कम्पनीले सहकारीलाई फिर्ता नगरेको उजुरी ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट परेको बताइएको छ।
उक्त उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीले ६२ वर्षीय भट्टचनलाई पक्राउ गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण