नेता दाहालको विप्लवलाई ‘यक्ष प्रश्न’ : १३ वर्षमा विप्लवले पार्टी अध्यक्ष पाउनुपर्ने गरी के योगदान गरे ?
सारांश
- माओवादी केन्द्रका नेता राजन दाहालले विप्लवलाई सामाजिक सञ्जालमार्फत प्रश्न सोधेका छन्, जसमा पार्टी विभाजनको कारणबारे जवाफ मागिएको छ।
- दाहालले विप्लव समूह मूलधारमा फर्किन खोजेको सन्दर्भ जोड्दै, पार्टी विभाजन र नेताहरूलाई मार्न खोजेको विषयमा प्रश्न उठाएका छन्।
- दाहालले विप्लवले विगतमा पार्टी अध्यक्ष पाउन के योगदान गरे र राजावादीहरूसँग गोप्य वार्ताको कारण के हो भनी प्रश्न गरेका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई सामाजिक सञ्जालमार्फत दर्जनौँ गम्भीर प्रश्नहरू तेर्स्याउँदै विगतमा गरिएको विभाजन र त्यसपछिका गतिविधिबारे जवाफ माग गरेका छन्।
दाहालले विप्लव समूह अन्ततः मूलधारको राजनीतिमै फर्कन खोजेको सन्दर्भ जोड्दै, जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत पार्टी किन विभाजन गरेको भन्दै प्रश्न उठाएका छन्। उनले नेता, कार्यकर्ता र जनताको मनोविज्ञान विभाजित गर्नुको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। दाहालले विगत १३ वर्षमा विप्लवले पार्टी अध्यक्ष पाउनुपर्ने गरी के योगदान गरे र अहिले अध्यक्ष मागेको भन्दै प्रश्न पनि गरेका छन्। साथै, उनले राजनीतिक संवादमाथि पनि शङ्का व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यही बिचमा दर्जनौँ पटक राजावादीहरूसँग गोप्य वार्तामा बस्नुको कारण के हो?’
दाहालले विप्लवलाई सोधेका मुख्य प्रश्नहरू र उठाएका आरोपहरू यसप्रकार छन्:
- अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको?
- श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?
- अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको?
- आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई अस्वीकार गर्दा ‘नेकपा बहुमत’ बनाउनु पर्ने बाध्यता किन सिर्जना गरेको ?
- अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सिर्जना गर्न खोजेको हो ?
- एकताका लागि वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा, छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको?
- विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी केपी ओलीसँग पनि एकताको लागि संवाद किन सुरु गरेको?
- आफ्नो उत्पादन भन्दै पारिबाट आलु ल्याइ थपेर किन बेचेको?
दाहालले विप्लवलाई यी यक्ष प्रश्नको जवाफ दिनै पर्ने बताएका छन्। उनले इतिहासप्रति न्याय गर्न पनि विप्लवले आत्म समीक्षा र कमजोरीको स्वीकारोक्ति गर्दै नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण