मदिरा खाएर कार्यालय पुग्छन् मालपोतका सुब्बा सा'प
बुटवल । बर्दिया मालपोत कार्यालय गुलरियामा कार्यरत एक नायब सुब्बा मदिरा पिएर कार्यालय जाने गरेको पाइएको छ ।
नासु गोर्ख बहादुर खड्का हिजो (मंगलबार) दिउँसो मदिरा खाएरै कार्यालय प्रमुखको कार्यकक्षमा बसेका थिए ।
मदिराले लठ्ठ भएका खड्का सोफामा खुट्टा माथि राखेर बसेका स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा देखिन्छ । उनको उक्त कार्याले सेवाग्राहीको काम अप्ठ्यारोमा नपरे पनि कर्मचारी पोसाकमा कार्यालय समयमा मदिरा सेवन गरेको भन्दै उनको चर्को आलोचना भएको छ । उनको उक्त क्रियाकलापले कार्यालयको बेइज्जत भएको स्थानीयहरूले बताएका छन् ।
कार्यालय प्रमुख बालकृष्ण राना मगरले खड्काको क्रियाकलापलाई लिएर स्पष्टीकरण सोध्ने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए ।
'हिजो उहाँले (खड्का) ले मदिरा सेवन गरेर आएपछि दिउँसो घरमा पठाइएको थियो, आज कार्यालय आउनुभएको छैन,' कार्यालय प्रमुख मगरले भने । यस घटनालाई गम्भीरतापूर्वक लिइएकाले लिखित रूपमै स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए ।
मदिरा पिएर कार्यालय आएका नासु खड्का ३ वर्षदेखि यस कार्यालयमा कार्यरत छन् । उनी मालपोत कार्यालय गुलरियाको मुद्दा फाँटका प्रमुख हुन् । २८ वर्षदेखि सरकारी सेवामा बिताएका खड्का नेपालगञ्ज बस्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण