सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी
सारांश
- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्।
- उनले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै मतदानको वातावरण बनाउनुपर्ने बताए।
- त्रिपाठीले जनताको चाहनाअनुसार काम नभएको र उपलब्धिहरू विलिन पार्न खोजिएको कुरा व्यक्त गरे।
रुपन्देही । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले भने, ‘अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेन्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।’
रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।
‘आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ’, उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।’ उनले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
‘विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन’, उनले भने, ‘जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपहरित गरियो ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्त्वले विलिन गर्न चाहेको बताए । उनले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे ।
‘जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ’, उनले भने– ‘सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छ भने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण