बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली खटियाे

बुधबार, १२ कात्तिक २०८२, १४ : ०३
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • मुस्ताङ भ्रमणमा गएका पर्यटक हिमपातका कारण प्रभावित भएपछि सशस्त्र प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
  • सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ, जसमा करिब २५० जनाको स्वास्थ्य परीक्षण गरियो।
  • हिमपातका कारण पर्यटकहरूमा देखिएका समस्याहरूको पहिचान गरी सशस्त्र प्रहरीले प्राथमिक उपचार गरेको छ, साथै बाटो सफा पारेको छ।

काठमाडौँ । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासी चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबिच सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन् । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप