'ए' डिभिजन लिगको विषयमा मन्त्री गुप्ताले एन्फा र क्लबसँग छलफल गर्ने
बुधबार, १२ कात्तिक २०८२, १६ : ५५
काठमाडौँ । 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको विषयमा छलफल गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूसँग छलफल गर्ने भएका छन् ।
तीन वर्षदेखि हुन नसकेको लिगको विषयमा छलफल गर्न गुप्ताले एन्फा र क्लबको बैठक बोलाउने बताएका हुन् । उनले यो बैठकको प्रत्यक्ष प्रसारण पनि गर्ने बताएका छन् ।
‘देशको ठुलो फुटबल लिग हुन सकेको छैन्, यस विषयमा एन्फा र क्लबको बैठक बोलाउँदै छु,’ मन्त्री गुप्ताले रातोपाटीसँग भने, ‘लिग नहुने विषयमा क्लब या एन्फा जो जिम्मेवार हुन्छ त्यसको भागिदार पनि हुनु पर्नेछ ।’
मन्त्री गुप्ताले यसै साता एन्फा र क्लबसँग छलफल गर्ने बताएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण