हिरासतबाट निस्केर प्रहरीको पेस्तोल लुटे, रेस्टुरेन्टको कौसीबाट चलाए गोली
सारांश
- प्रहरी हिरासतबाट भागेका युवकले प्रहरीको पेस्तोल लुटेर रेस्टुरेन्टमा गोली चलाएका थिए।
- समीर श्रेष्ठ र एलेक्स नेपालीलाई प्रहरीले पक्राउ गरेको छ, उनीहरुले फेसबुकमा गोली चलाएको भिडियो पोस्ट गरेका थिए।
- पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोल र गोली बरामद गरिएको छ, र उनीहरुलाई हातहतियार मुद्दा चलाइनेछ।
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको हिरासतबाट भागेका युवकले प्रहरीको पेस्तोल लुटेर रेस्टुरेन्टमा गएर गोली चलाएको भेटिएको छ ।
नुवाकोटको लिखु गाउँपालिका–६ घर भएर काठमाडौँ–१७ नयाँबजार बस्ने २३ वर्षीय समीर श्रेष्ठले आफ्नो फेसबुक पेजको स्टोरीमा गोली चलाएको भिडियो नै पोस्ट गरेका थिए । सो भिडियोबारे अनुसन्धान गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले समीर र उनको साथीलाई पक्राउ गरेको छ ।
कात्तिक ११ मा समिर र उनको साथी काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भएर क्षेत्रपाटी बस्ने २३ वषीय एलेक्स नेपालीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
काठमाडौंको ढल्कुबाट पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ, उक्त पेस्तोल प्रहरीले प्रयोग गर्दै आएको हतियार हो ।
जेनजी प्रदर्शनको क्रममा समीर भदौ २४ मा प्रहरी वृत्त सोह्रखुट्टेबाट भागेका हुन् । भदौ ६ मा पक्राउ गरेर प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो । तर, आन्दोलनकारीले चौतर्फी आक्रमण गरेपछि लैनचौर वृत्तका प्रहरी कार्यालय छाडेर हिँडेपछि त्यहाँका थुनुवाहरू निस्किँदा समीर पनि निस्किएका थिए ।
हिरासतबाट निस्केपछि उनले प्रहरीको पेस्तोल लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । समीर लागुऔषध प्रयोगकर्ता पनि हुन् । समीर र एलेक्सले हलचोकस्थित एउटा रेस्टुरेन्टमा गएर पेस्तोलबाट गोली चलाएर भिडियो बनाएका थिए । सो भिडियो आफ्नो फेसबुक पेजको स्टोरीमा राखेपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।
सो पेस्तोल आफूलाई एलेक्सले ल्याएर दिएको समीरले जिकिर गरेका छन् । प्रहरीले पेस्तोलसँगै १२ राउन्ड गोली पनि बरामद गरेको छ ।
रेष्टुरेन्डको कौसीमा बसेर दुवैले पेस्तोलबाट फायर गरेको अनुसन्धानमा संलगन अधिकृतहरू बताउँछन् । आरोपीहरूलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान र कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण