बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
त्रिपक्षीय बैठक

बालुवाटार बैठकमा दलहरूको धारणा: ‘निर्वाचन अनुकूल वातावरण अझ बनेको छैन’

बुधबार, १२ कात्तिक २०८२, २२ : ३६
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिचको बैठक सम्पन्न भयो, जसमा सबै पक्षले धारणा राखे।
  • राजनीतिक दलहरूले निर्वाचनको वातावरण नबनेको शङ्का व्यक्त गरे भने नेकपा एमाले संसद् पुनःस्थापनाको सुझाव दियो।
  • जेनजीका प्रतिनिधिले निर्वाचनमा दलहरूको सहभागिता र संसद् पुनःस्थापनाको विरोध गर्दै अघि बढ्न प्रस्ताव राखे।

काठमाडौँ । बुधबार बालुवाटारमा बसेको सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकमा सबै पक्षले आफ्नो धारणा स्पष्ट रूपमा राखेको जानकारी दिए।

उनका अनुसार, राजनीतिक दलहरूले हालसम्म निर्वाचनको अनुकूल वातावरण बन्न नसकेको भन्दै आफ्नो शङ्का बैठकमा प्रस्तुत गरेका थिए। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डले राजनीतिक दलहरूले निर्वाचन गराउने अवस्था अझै बनेको छैन कि भन्ने प्रश्न उठाएको बताए ।

त्यस्तै, नेकपा एमालेले संसद् पुनः स्थापना गरेर जेनजीको मागलाई पनि सम्बोधन गर्दै अघि बढ्न सकिने सुझाव दिएको उनले बताए।

जेनजीका प्रतिनिधिले हाम्रो आन्दोलन संविधानको विरोधमा छैन, राजनीतिक दलले भाग नलिएको चुनाव हुन सक्दैन, संसद्मा रहेका राजनीतिक दलहरू निर्वाचनमा आइदिनुहोस्, संसद् पुनः स्थापना भनेर नबसिदिनुस्, यही ढङ्गले अगाडि बढौँ भनेर प्रस्ताव राखेको बैठकको भनाई उद्धृत गर्दै उपाध्यक्ष पाण्डेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप