बालुवाटार बैठकमा प्रधानमन्त्री कार्की र एमाले नेता बर्तौलाबिच भनाभन
सारांश
- बालुवाटारमा बसेको त्रिपक्षीय संवादमा प्रधानमन्त्री र एमाले नेताबीच भनाभन भएको छ।
- एमाले नेताले सरकार असंवैधानिक भएको र संसद पुनर्स्थापना हुनुपर्ने कुरा उठाए।
- प्रधानमन्त्री कार्कीले बर्तौलाको भनाइको प्रतिवाद गर्दै आफूले संसद विघटनको मुद्दा नहेरेको बताइन्।
काठमाडौँ । बुधबार बालुवाटारमा बसेको सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेता महेश बर्तौलाबिच भनाभन भएको छ।
बैठकमा सहभागी एक स्रोतका अनुसार, संवादका क्रममा एमाले नेता बर्तौलाले भने, ‘यो सरकारको जग नै असंवैधानिक छ। असंवैधानिक ढंगबाट बनेको सरकारले अराजनीतिक र गलत तरिकाले संसद् भंग गर्यो। निः सर्त संसद् पुनर्स्थापना हुनुपर्छ। यो एमालेको बटमलाइन हो, अहिलेको प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद् विघटनको मुद्दा हेर्नुभएको थियो।’
बर्तौलाको भनाइकै क्रममा प्रधानमन्त्री कार्कीले तत्काल प्रतिवाद गर्दै भनिन्, ‘यस्तो नचाहिँदो कुरा नगर्नुस् तपाईँ। मैले संसद् विघटनको मुद्दा हेरेको छैन। नभएको कुरामा भ्रम सिर्जना नगर्नुस्।’
बर्तौलाले पुनः प्रश्न गर्दै भने, ‘मुद्दा नहेरे पनि संसद् पुनर्स्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभएको त छ नि?’
कार्कीले जवाफ दिँदै भनिन्, ‘मैले त्यसरी बोलेको छैन। दुई चार जना फतुरे पत्रकारले के–के लेखे, मलाई थाहा छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण