मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

खानु हुन्छ मुछेर धेरै बेर राखेको पीठोबाट पकाइएको रोटी ?

बिहीबार, १३ कात्तिक २०८२, ०५ : ३८
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • बाँकी रहेको पिठोलाई फ्रिजमा राख्दा सूक्ष्म जीवहरूको वृद्धि ढिलो हुन्छ, तर पूर्ण रूपमा रोकिँदैन।
  • ८ देखि १२ घण्टासम्म फ्रिजमा राखेको पीठो प्रयोग गर्न सकिन्छ, तर २४ घण्टाभन्दा पुरानो खान योग्य हुँदैन।
  • पिठोको रङ, गन्ध वा स्वादमा परिवर्तन आएमा तुरुन्तै फाल्नुपर्छ, नत्र फूड प्वाइजनिङ हुन सक्छ।

काठमाडौँ । दिउँसो खाजाका लागि वा अघिल्लो रात खानका लागि रोटी बनाउन मुछेर राखिएको पीठो उब्रियो भने हामी प्लास्टिकको झोला वा भाडामा हालेर फ्रिजमा राखिदिन्छौँ । अनि बिहान तात्तातो पराठा वा रोटी बनाएर खान्छौँ । लगभग हरेक नेपाली भान्सामा यस्तो हुन्छ । पछि फेरि पीठो मुछिरहने झन्झट वा समय बचत गर्न र मुछेको पीठो खेर नफ्याँक्न यो सजिलो तरिका हो । कामकाजी वा एक्लै बस्नेहरूको लागि यो सजिलो उपाय पनि हो । आफूले बिना हिचकिचाहट यसरी प्रयोग गरिरहेको पीठो आफ्नो स्वास्थ्यको लागि कतिको सुरक्षित छ ? भनेर तपाईँले कहिले सोच्नु भएको छ ?

४ डिग्री सेल्सियसको तापक्रममा फ्रिजमा मुछेको पीठो स्टोर गरेर राख्दा सूक्ष्म जीवहरूको वृद्धिलाई उल्लेखनीय रूपमा ढिलो गर्छ । यसको मतलब यो पूर्ण रूपमा रोकिँदैन, केवल ढिलो हुन्छ । पोषणको दृष्टिकोणबाट, रातभर यसरी राखिएको पीठो र ताजा पीठोमा कुनै महत्त्वपूर्ण भिन्नता छैन । यसरी राख्दा पिठोमा भिटामिन सी, फोलेट र पोलिफेनोल जस्ता केही पोषक तत्त्वहरू केही कम हुन सक्छन् ।

पिठोको प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने कुरा चाहिँ यसलाई कसरी मुछिएको र कसरी भण्डारण गरिएको थियो भन्ने कुरामा भर पर्छ । रिपोर्टहरूका अनुसार, ८ देखि १२ घण्टासम्म फ्रिजमा सफा, हावा नछिर्ने कन्टेनरमा राखेर पीठो प्रयोग गर्न सकिन्छ । तर, २४ घण्टाभन्दा पुरानो पीठो खान योग्य हुँदैन । रेफ्रिजरेटरको चिसो तापक्रमले ब्याक्टेरियाको वृद्धिलाई सुस्त मात्र पार्ने हो, पूर्ण रूपमा रोकिँदैन। यसै कारण, १२ घण्टा पछि, पीठोको स्वाद, रङ्ग र गन्ध परिवर्तन हुन थाल्छ, जसले यो बिग्रन थालेको सङ्केत गर्दछ ।

यो हो पीठो राख्ने सही

  • रोटी पकाएर मुछेको पीठो उब्रिएको छ भने अर्को ८ देखि १२ घण्टा भित्रसम्म यसलाई प्रयोग गर्नु सबैभन्दा सुरक्षित हुन्छ । २४ घण्टाभन्दा पुरानो पीठो प्रयोग गर्नुहुन्न । यसो गर्दा फूड प्वाइजनिङ हुन सक्छ ।
  • बाहिरी ओसिलोपन र गन्धबाट बचाउन पिठोलाई सधैँ फ्रिजमा सफा, हावा नछिर्ने कन्टेनरमा हालेर राख्नु पर्छ ।
  • प्रयोग गर्नु अघि पीठोको गन्ध कस्तो छ सुँघ्नुहोस् । तपाईँले रङ्ग, गन्ध वा स्वादमा कुनै परिवर्तन देख्नुभयो भने यसलाई तुरुन्तै फ्याँक्नुहोला ।

(अस्वीकरण: यो जानकारी अनलाइन सामाग्रीको सहयोगमा तयार पारिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप