बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु,  ५ जना घाइते

बिहीबार, १३ कात्तिक २०८२, ०९ : १२
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
  • दुर्घटनामा घाइते भएका पाँच जनाको चन्द्रौटा अस्पतालमा उपचार भइरहेको छ।

बुटवलमा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा भएको बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

अन्दाजी ५०–५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।

बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप