बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासँग अर्को स्पष्टीकरण माग

बिहीबार, १३ कात्तिक २०८२, १० : ००
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • गृह मन्त्रालयले डा. महिमा सिटौलासँग पुनः स्पष्टिकरण मागेको छ, जो साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्।
  • सशस्त्र प्रहरी नियमावली अनुसार, डा. सिटौलाले स्पष्टिकरण नदिए विभागीय कारबाही हुने चेतावनी दिइएको छ।
  • यसअघि पनि स्पष्टिकरणका लागि सूचना जारी गरिएको थियो, तर डा. सिटौलाले जवाफ दिएकी थिइनन्।

 गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालको प्राविधिक समूहतर्फकी सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासँग पुनः स्पष्टिकरण मागेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ की डा. सिटौला सशस्त्र प्रहरी अस्पताल बलम्बु, काठमाडौँमा कार्यरत रहेकी छन्। तर सशस्त्र प्रहरी मुख्यालयका अनुसार उनी गत साउन १४ गतेदेखि कुनै जानकारी वा स्वीकृत विदा बिना कार्यालयमा अनुपस्थित रहिआएकी छिन्।

उक्त कार्य सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ (१) (ज) बमोजिमको कसुरमा पर्ने भएकाले नियम ११० (ख)(१) अनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाउनुपर्ने देखिएको मुख्यालयले जनाएको छ।

यसअघि पनि असोज २२ गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र उपस्थित भएर स्पष्टिकरण दिन भनिएको थियो। तर सो म्यादभित्र डा. सिटौलाबाट कुनै सफाई प्राप्त नभएको सशस्त्र प्रहरी बलले जनाएको छ।

त्यसैले, सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १२१ (१) बमोजिम पुनः कार्तिक ९ गते सचिवस्तरको निर्णयअनुसार अर्को पटक सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको हो। सो म्यादभित्र कारण नबताइ हाजिर नभएमा नियमावलीअनुसारको विभागीय सजायका लागि प्रक्रिया अघि बढाइने बिहीबार जारी सूचनामार्फत चेतावनी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप