मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

बिहीबार, १३ कात्तिक २०८२, १० : ०१
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने खण्ड वर्षाको कारण अवरुद्ध भएको छ।
  • सडक मर्मतका लागि एकतर्फी बनाइएको सडकमा वर्षाले हिलो र चिप्लो बनाएको छ।
  • सवारी साधन पश्चिमतर्फ जान नसक्दा जाम हुन नदिन प्रहरी खटिएका छन्।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । 

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । 

सूचना अधिकारी  नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप