अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार
सारांश
- सशस्त्र प्रहरीले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट १६२ जनाको उद्धार गरेको छ।
- अन्नपूर्ण बेस क्याम्पमा रहेका सबै आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ।
- हिमपातका कारण अलपत्र परेका पर्यटकहरुलाई डोरीको सहायताले उद्धार गरिएको हो।
काठमाडौँ । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जना पर्यटकको उद्धार गरेको छ ।
अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेस क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्धार गरेको हो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेस क्याम्प खाली भएको छ ।
३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिंडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । बुधवार मात्रै बेस क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।
उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहीमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या भने नदेखिएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण