डिशहोम र ‘डल्ले’ बीचको साझेदारी : अब भर्चुअल प्रिभिलेज कार्डमार्फत डल्लेका सबै आउटलेटमा विशेष छुट
काठमाडौं । नेपालको अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल प्रविधि नवप्रवर्तनमा अग्रसर कम्पनी डिशहोम र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ बीच नयाँ सहकार्य सम्झौता सम्पन्न भएको छ ।
यस साझेदारीअन्तर्गत, डिशहोमका भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने ग्राहकहरूले अब डल्ले रेस्टुरेन्टका सम्पूर्ण आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन् ।
डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममा ग्राहकहरूले माइ डिशहोम एप प्रयोग गरी सहज रूपमा आफ्नो कार्ड प्रयोग गर्न सक्नेछन् । छुट लिनका लागि एपमा उपलब्ध प्रिभिलेज कार्ड देखाउनु पर्याप्त हुनेछ ।
छुट प्राप्त गर्न Google Play Store बाट माइ डिशहोम एप डाउनलोड गर्नुपर्नेछ भने आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुपर्नेछ ।
यसैगरी होम स्क्रिन वा प्रोफाइल सेक्सन मा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरेपछि डल्ले रेस्टुरेन्टमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिनेछ ।
यस सहकार्यलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डिपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराई बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण