१७ बालबालिकासहित १९ जनालाई बन्धक बनाउने युट्युबरको प्रहरी इन्काउन्टरमा मृत्यु
सारांश
- मुम्बईको स्टुडियोमा एक युट्युबरले १७ बालबालिका लगायत १९ जनालाई बन्धक बनाएका थिए।
- प्रहरीको इन्काउन्टरमा युट्युबरको मृत्यु भयो, र बन्धकहरूलाई सुरक्षित उद्धार गरियो।
- घटनास्थलबाट एयर गन र रसायन बरामद गरियो, तर बन्धक बनाउनुको उद्देश्य अझै अज्ञात छ।
मुम्बई । मुम्बईको पवई इलाकास्थित एक स्टुडियोमा बालबालिकालाई बन्धक बनाउने युट्युबर प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
बिहीबार दिउँसो स्थानीय समयअनुसार बिहीबार पौने २ बजे युट्युबर रोहित आर्याले १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक व्यक्तिसहित १९ जनालाई बन्धक बनाएका थिए । प्रहरी र विशेष कमान्डोको टोलीले एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो । गोली लागेर घाइते भएका आरोपीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनास्थलबाट एक एयर गन र केही रसायन पनि बरामद भएको छ । यद्यपि, आरोपी रोहितले बन्धक बनाउनुको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले आरोपी मानसिक रूपमा अस्थिर देखिएको बताएको छ ।
प्रहरीका अनुसार आरोपीले अडिसनका लागि १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए । रा नाम गरेको उक्त स्टुडियोको पहिलो तल्लामा अभिनय कक्षाहरू सञ्चालन हुँदै आएका थिए, जहाँ बालबालिकाहरूलाई बन्धक बनाइएको थियो ।
घटना क्रममा बालबालिकाहरू स्टुडियोका झ्यालहरूबाट बाहिर हेरिरहेका देखिएको थियो । खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरू पनि घटनास्थलमा पुगेका थिए ।
आरोपी रोहितको एउटा भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा उनी 'मलाई केही प्रश्न सोध्नु छ' भनिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण