प्रतिवेदन नबुझाए काठमाडौँ महानगरपालिकाका सहकारी खारेजीमा पर्ने
सारांश
- काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई वार्षिक साधारणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
- महानगरले समयमा प्रतिवेदन नबुझाउने सहकारीलाई निष्क्रिय घोषणा गरी कारबाही गर्ने चेतावनी दिएको छ।
- ऐन अनुसार, २ आर्थिक वर्षदेखि विवरण नबुझाउने सहकारी खारेजीको प्रक्रियामा जानेछन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन विभागमा बुझाउन निर्देशन दिएको छ ।
महानगरले एक सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने र साधारणसभा नगर्ने सहकारीहरूलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।
संविधानतः स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै महानगरपालिकाले सहकारी संस्थाहरूको नियमन, दर्ता, प्रबर्धन र अनुगमन गर्दै आइरहेको छ । महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८(२) र १०४ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गरी सभा भएको १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने अनिवार्य प्रावधान छ । तर, महानगरले आर्थिक वर्ष २०७९÷०८० सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन धेरै सहकारी संस्थाहरूले पेश नगरेको जनाएको छ । त्यसैले, महानगरले ती संस्थाहरूलाई अविलम्ब साधारणसभा सम्पन्न गरी सम्पूर्ण कागजात विभागमा बुझाउन अल्टिमेटम दिएको छ ।
काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६(३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गरी वार्षिक विवरण पेश नगर्ने सहकारी संस्थाहरूलाई निष्क्रिय घोषणा गरिने चेतावनी दिएको छ । यस्ता सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेको मानी निस्क्रिय घोषणाका साथै संस्था खारेजीको प्रक्रियासमेत अगाडि बढाइने महानगरको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण