अस्ट्रेलियामा पूर्व सांसदलाई ५ वर्षभन्दा बढी जेल सजाय
सारांश
- अस्ट्रेलियाका पूर्व राजनीतिज्ञ ग्यारेथ वार्डलाई यौन दुर्व्यवहारको आरोपमा ५ वर्ष ९ महिनाको जेल सजाय सुनाइयो।
- वार्डले सन् २०१३ र २०१५ मा दुई युवालाई यौन दुर्व्यवहार गरेको आरोप स्वीकारेका थिए।
- उनी न्यु साउथ वेल्सको तटीय सहर कियामाको प्रतिनिधित्व गर्थे र २०२१ मा मन्त्री पदबाट राजीनामा दिएका थिए।
क्यानबेर्रा । अस्ट्रेलियाली सांसद ग्यारेथ वार्डलाई ५ वर्ष ९ महिनाको जेल सजाय सुनाइएको छ । कामको क्रममा भेटेका दुई युवाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएकाे हाे ।
४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन् ।
उनलाई सन् २०१३ र २०१५ मा दुई छुट्टाछुट्टै घटनामा एक युवकलाई बलात्कार गरेको र अर्कोसँग अश्लील कार्य गरेकोमा दोषी ठहर गरिएको हो । वार्डले सन् २०११ देखि न्यु साउथ वेल्सको तटीय सहर कियामाको प्रतिनिधित्व गर्थे । २०२१ मा आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिए, तर सांसद रहेका थिए । सन् २०२३ मा उनी पुनः निर्वाचित पनि भएका थिए ।
वार्डलाई सजाय सुनाउने न्यायाधीश कारा सिड एससीले यस मुद्दामा कारावास बाहेक अरू कुनै सजाय उपयुक्त नभएको बताएकी छिन् । वार्ड भिडियो लिङ्कमार्फत पर्रामता जिल्ला अदालतमा पेस भएका थिए । कम्तीमा पनि ३ वर्ष ९ महिना उनले जेलमै बिताउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण