अनलाइन सञ्चारमाध्यम सञ्चालनमा शुल्क तोकियो, दर्ता गर्न ५ हजार, नवीकरणमा २५ सय
सारांश
- अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ।
- अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार र नवीकरणका लागि २ हजार ५ सय शुल्क लाग्नेछ।
- यसअघि जिल्ला प्रशासनबाट हुने दर्ता तथा नियमन अब सूचना तथा प्रसारण विभागबाट हुनेछ।
काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो ।
यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था मिलाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण