सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको फोहोर नउठ्ने, घर बाहिर ननिकाल्न सूचना

शुक्रबार, १४ कात्तिक २०८२, १४ : १२
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले फोहोर उठाउन नसक्ने जनाएको छ र फोहोर घरमै राख्न आग्रह गरेको छ।
  • बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध आएपछि यस्तो निर्णय लिइएको हो।
  • महानगरपालिकाले फोहोरलाई जथाभावी सडकमा नफाल्न अनुरोध गर्दै अर्को सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रको फोहोर नउठ्ने भएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभाग आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो ।  

महानगरले फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको छ । बञ्चरेडाँडामा देखिएको अवरोधका कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो ।  

अर्को सूचना जारी नभएसम्म धैर्य धारण गरी फोहोरलाई व्यवस्थित तरिकाले घरमै राख्न महानगरले जनाएको छ ।

574075585_839063998812010_2932688760684000589_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप