अख्तियारले मुद्दा दायर गरेपछि माधव नेपालले राजीनामा दिनुपर्छ : नन्द बन्जाडे
सारांश
- नेकपा एसका नेता नन्द बन्जाडेले अध्यक्ष माधव नेपालविरुद्धको मुद्दामा नैतिकताको आधारमा राजीनामाको माग गरेका छन्।
- बन्जाडेले माधव नेपालविरुद्धको मुद्दा पार्टीको नभई व्यक्तिको भएको बताएका छन्, र यसलाई व्यक्तिगत नैतिकतासँग जोडेका छन्।
- उनले पार्टी एकताका लागि एमाले र माओवादीसहितका कम्युनिस्ट घटकहरूबीच एकता आवश्यक रहेको तर असफल नेताहरूबाट एकता सम्भव नहुने बताए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य नन्द बन्जाडेले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार बोल्दै नेता बन्जाडेले अध्यक्ष नेपालविरुद्धको मुद्दा पार्टीको नभएर व्यक्ति स्वयंको भएको समेत बताएका छन् ।
‘माधव नेपालविरुद्धको मुद्दा निजी हो, पार्टीको होइन । अदालतले तोकेको ३५ लाख धरौटी बुझाएपछि प्रतिशोध भन्ने हाम्रो दलिल कमजोर भएको छ’, बन्जाडेले बैठकमा भनेका छन् । साथै उनले अध्यक्ष नेपालविरुद्धको मुद्दा दर्ता भएपछि नैतिकताका आधारमा २०६४ मा जस्तै उच्च नैतिकता प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।
‘नैतिकताको विषय अल्पमत र बहुमतको किमार्थ होइन यो नितान्त व्यक्तिगत हो’, नेता बन्जाडेले जेनजी आन्दोलनले पार्टीमा लाखौँ कार्यकर्ता मात्र भएर नपुग्ने भन्दै पार्टी नेता कार्यकर्ता जनताका एजेन्डासँग टाढिँदाको दुष्परिणाम भएको टिप्पणी गरेका छन् ।
उनले पार्टी एकताका सवालमा एमाले र माओवादी धाराका सबै कम्युनिस्ट घटकहरूबिच एकता आजको आवश्यकता भन्दै असफल र टेष्टेड नेताहरू नेतृत्वमै राखेर गरिने एकता फलदायी हुन नसक्ने बताएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण