कास्की कारागारबाट भागेर प्रहरी चौकीमा लुटपाट
शुक्रबार, १४ कात्तिक २०८२, १९ : ४६
पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक जनाले प्रहरी चौकीमा लुटपाट गरेका छन् ।
गत भदौ २४ गते कारागारबाट भागेर प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा पोखराको घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
जलारीको साथबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको ईओएस डिजिटल क्यामेरा १ थान र एनएस मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
जलारी यसअघि कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण