नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुबालीमा क्षति
सारांश
- नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पुर्याएको छ।
- धानबाली भित्र्याउने बेलामा परेको वर्षाले किसान चिन्तित बनेका छन् र धेरै क्षति पुगेको छ।
- कृषि ज्ञान केन्द्रका अनुसार, ६०-७० प्रतिशत किसानले मात्र धानबाली भित्र्याएका छन्।
नवलपरासी । पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पुर्याएको छ । वर्षाले धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् ।
धान काटेर भित्र्याउने समयमा परेको वर्षाले धानसहित तोरी र आलुखेती पनि क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । उनले भने, “नवलपरासीमा यो वर्ष २० हजार ४८० हेक्टरमा धानबाली लगाइएको थियो । अहिलेसम्म ६० देखि ७० प्रतिशतमात्र किसानले मात्र बाली भित्र्याएका छन् । बाँकी केही किसानले काटेर खेतमा राखेका र केहीले नकाटी ठडिएकै अवस्थामा छ ।”
सबैभन्दा बढी क्षति वर्षाले ढलेको र काटेर खेतमा छाडेको धानबालीमा भएको चौबेले बताए । ठडिएको धान घाम लागेपछि केही हदसम्म सुधार हुनसक्छ भन्दै पानीमा डुबेको धानलाई यो वर्षाले ठुलो क्षति गरेको उनले जानकारी दिए। साथै धान काटेर तोरी र आलु लगाउने समय भएकाले तोरी र आलुमा पनि यो वर्षाले असर गरेको उनको भनाइ छ ।
पश्चिम नवलपरासीमा तीन हजार १३९ हेक्टरमा तोरी र एक हजार ७०२ हेक्टरमा आलुखेती हुने गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए । उनले भने, “यो समय दलहन (दालखेती) लगाउने बेला हो, अहिलेको वर्षाले किसानलाई धान थन्काउन र तोरी, आलु लगाउन समस्या पारेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण