आइतबारदेखि बेपत्ता ३२ वर्षीयको शव गाडिएको अवस्थामा फेला
झापा । गत आइतबारदेखि बेपत्ता झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ ।
शर्मा आइतबारदेखि गाडीसहित बेपत्ता भएका थिए । उनी सवार बागमी प्रदेश ०१–०३०च ७१९४ नम्बरको गाडी शुक्रबार मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो ।
शनिबार झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो ।
यसैबीच घटनामा संलग्न भएको आरोपमा शिवसताक्षी–१० का सुनिल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै शर्माका दुई साथीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यहरूले आरोपितको घरमा तोडफोड गरेका छन् । उनीहरूले एउटा अटोमा समेत आगजनी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण