आईसीसी विश्वकप लिग–२
नेपाललाई लगातार दोस्रो सफलता : सन्दीप र गुलशनले लिए विकेट
शनिबार, १५ कात्तिक २०८२, १६ : ३०
सारांश
- अमेरिकाविरुद्धको खेलमा नेपालले लगातार दोस्रो सफलता हात पार्यो।
- नेपालले २७२ रनको लक्ष्य पाएको थियो।
- ११औँ र १२औँ ओभरमा नेपालले २ विकेट लियो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले लगातार दोस्रो सफलता हात पारेको छ। आईसीसी एकेडेमी मैदानमा पहिले ब्याटिङ गर्दै अमेरिकाले नेपाललाई २७२ रनको लक्ष्य दिएको थियो।
उक्त इनिङ्सको क्रममा नेपालले ११औँ र १२औँ ओभरमा गरी दुई महत्त्वपूर्ण विकेट लिएको हो। ११ औँ ओभरको तेस्रो बलमा गुलशन झाले स्मित पटेललाई १६ रनमा एलबीडब्लू आउट गराए। लगत्तै १२औँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेले शायान जागिरलाई ३६ रनमा बोल्ड आउट गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण