अशान्तिबिच तान्जानियाको राष्ट्रपतिमा सामिया विजयी
सारांश
- तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले ९७.६६ प्रतिशत मतका साथ चुनाव जितिन्।
- चुनावको नतिजापछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावमा पारदर्शिता र हिंसाप्रति चिन्ता व्यक्त गरे।
- देशभर इन्टरनेट बन्द हुँदा मारिएका मानिसहरूको सङ्ख्या पुष्टि गर्न गाह्रो भएको छ।
डोडोमा । तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले एक पटक फेरि राष्ट्रपति पदको चुनाव जितेकी छिन्। देशमा विगत केही दिनदेखि फैलिएको अशान्तिबिच सामियाले यो जित हासिल गरेकी हुन्।
तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मतका साथ चुनाव जितेकी छिन्। चुनाव आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका ३.७६ करोड दर्ता भएका मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३.२ करोड मतदाताले मतदान गरे। यीमध्ये ९७.६६ प्रतिशत अर्थात् लगभग ३.१९ करोड मत सामियालाई प्राप्त भयो।
चुनावको नतिजा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावमा पारदर्शिता र देशमा फैलिएको हिंसालाई लिएर चिन्ता व्यक्त गरेका छन्। पछिल्ला दिनहरूमा चुनावमा पारदर्शिताको माग गर्दै देशका धेरै भागमा हिंसा भएको थियो। यस हिंसामा कथित रूपमा सयौँ मानिस मारिएको र सयौँ घाइते भएका छन्।
पूरै देशमा इन्टरनेट सेवा बन्द भएका कारण मारिएका मानिसहरूको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि गाह्रो भएको छ।
विपक्षीहरूले सरकारले हिंसाको मात्रालाई कम देखाउने प्रयास गरिरहेको बताएका छन्। यस अवस्थालाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले कर्फ्यु लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण