दराज एक्सप्रेसको ‘लास्ट-माइल सोलुसन’ सार्वजनिक
सारांश
- दराजले गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूका लागि 'लास्ट-माइल डेलिभरी सोलुशन' सुरु गरेको छ।
- डीईएक्स ले एआई प्रविधि प्रयोग गरी २४ घण्टाभित्र स्थानीय र ४८ घण्टाभित्र अन्तर-सहर डेलिभरी गर्ने क्षमता राख्छ।
- यस सेवाले विक्रेताहरूलाई छिटो डेलिभरी, नगद व्यवस्थापन, र असफल डेलिभरीमा शुल्क नलाग्ने सुविधा दिनेछ।
काठमाडौँ । दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक एकाइ दराज एक्सप्रेस (डीईएक्स) मार्फत गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूलाई लक्षित गरी नयाँ सुविधा ‘लास्ट-माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो नयाँ सेवा दराजको प्लेटफर्ममा नभए पनि आफ्ना उत्पादन बिक्री गर्ने व्यवसायहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा आएको हो।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट-प्लानिङ र रियल-टाइम पार्सल ट्र्याकिङ प्रविधि प्रयोग गरेर डीईएक्स ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर-सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राख्छ। यसले औसत डेलिभरी समयलाई १.५ दिनभन्दा कममा झारेको छ। हालसम्म १०८ प्रमुख सहरमा सेवा विस्तार गरिसकेको डीईएक्स ले आगामी ११.११ अभियानअघि थप ७० सहरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।
यस समाधान अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास-अन-डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ, जसले नगद प्रवाहमा सहजता ल्याउनेछ। साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्थाले व्यवसायीहरूको जोखिम घटाउने लक्ष्य लिइएको छ।
यो पहलले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच दिन सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण