समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्ने पहल गरिरहेको छ।
- बोलपत्रदाताको अन्तिम समयमा बिड पेश गर्ने प्रवृत्तिका कारण प्रणालीमा चाप बढ्ने समस्या छ।
- कार्यालयले समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र प्राविधिक सहायताका लागि समयमै सम्पर्क गर्न आग्रह गरेको छ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।
बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ । प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्यधिक रहने गरेकाले त्यससँग सम्बन्धित गुनासा आउने गरेको कार्यालयले उल्लेख गरेको छ । विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको छ ।
अन्तिम समयमा चापका कारण प्रणालीमा ढिलाइ भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ । अन्तिम समयमा माग हुने प्रविधि सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले प्राविधिक सहायताका लागि पनि समयमा नै सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ । कुनै प्राविधिक समस्या देखा परे समयमा नै फोन मार्फत आवश्यक सहजीकरण गर्न कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण