कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे जुट्ला सहमति ?
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्ने भएको छ।
- महाधिवेशनसम्बन्धी विवाद मिलाउने प्रयास असफल भएपछि बैठक स्थगित भएको थियो।
- डा. शेखर कोइराला समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ।
काठमाडौँ । गत शुक्रबार स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि शुक्रबार बैठक स्थगित गरिएको थियो । पार्टीभित्र डा शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा कोइरालाको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण