जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु
सारांश
- बैतडी जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरु गरेको छ।
- डा. दिपेन्द्र भण्डारीको आगमनसँगै विशेषज्ञ सेवा सुरु भएको हो, जसले गर्दा सेवा अवरुद्ध भएको थियो।
- अस्पतालले ढाड, कम्मर, घुँडा दुख्ने समस्या लगायत हाडजोर्नी र नशा सम्बन्धी समस्याको उपचार गर्नेछ।
बैतडी । बैतडीस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ । जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ र्आएसँगै सो सेवा भए पुनः सुरु भएको हो । हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिए ।
शल्यक्रिया सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने जनाइएको छ । यस्तै, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।
त्यसैगरी, पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डीसम्बन्धी समस्याको उपचार र सबै प्रकारका हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचार जिल्ला अस्पतालमै हुनेछ ।
जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ आएसँगै हाडजोर्नी र नशासम्बन्धी सामान्य समस्याका लागि पनि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पातलमा अहिले तीन जना विशेषज्ञसहित १० चिकित्सकले सेवा दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण