महाधिवेशन विवाद मिलाउन कार्यसम्पादन बैठक, महामन्त्री थापा उपस्थित
सारांश
- नेपाली कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने विवाद समाधानका लागि कार्यसम्पादन समिति बैठक बसिरहेको छ।
- महामन्त्री गगन थापा महाधिवेशनको कार्यतालिका पेस नभएको भन्दै बैठक बहिष्कार गर्दै आएका छन्, तर उनी बैठकमा उपस्थित छन्।
- महाधिवेशनको नयाँ तालिका बनाउने विषयमा छलफल भइरहेको छ, तर सहमति हुने सम्भावना कम देखिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने उत्कर्षमा पुगेको विवाद समाधानका लागि अहिले कार्यसम्पादन समिति बैठक बसिरहेको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्न नपाएको भन्दै बैठक बहिष्कार गर्दै आएका महामन्त्री गगन थापा पनि उपस्थित छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान १० बजेबाट जारी बैठकमा दुवै पक्षले प्रस्ताव गरेका समयलाई मिलाएर महाधिवेशनको नयाँ तालिका बनाउने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् । महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल गरिए पनि सहमति भएको थिएन ।
बिहीबारको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका थिए । शुक्रबार पनि थापाले अनुपस्थित नहुने बताएपछि सूचना टाँसेर आइतबार (आज) १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
अझै पनि थापाले महाधिवेशन कार्य तालिका नल्याइए आफू केन्द्रीय समिति बैठकमा अनुपस्थित हुने बताइरहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म गर्ने गरी १५ औँ महाधिवेशन कार्य तालिका ल्याउने वैकल्पिक प्रस्ताव राखेका छन् । कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्माले पुससम्म महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने संस्थापनले वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।
युवा नेताहरूले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । एक नेताले सहमतिका लागि विकल्पमा कुरा भइरहेको बताए । तर, सहमति हुने सम्भावना कम देखिएको पनि ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण