मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा
सारांश
- मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमन अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
- स्वास्थ्यकर्मीहरूले न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्।
- स्वास्थ्यकर्मीहरूले तलब स्केल लागू गर्नुपर्ने, बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका ८ सूत्रीय माग राखेका छन्।
काठमाडौँ । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको आरोप छ । नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरूको छ ।
मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र आफूहरू बाध्य भएर आन्दोलनमा उतारिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरूको छ । आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
-
सेफ सन्तोष साहले पक्राउ प्रकरणबारे दिए प्रष्टीकरण
-
एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण